Thursday, November 3, 2016

Thoughtless

                    Thoughtless           
मेरो मुस्कान कति झुठो र सॅगैको हासो पनि
भित्रभित्रै तनावले जाॅक्दैछ मलाई पासो बनि

गन्तव्य मधुरो देखेको हो कि छॅदै थिएन
लङ्गडो भएछु खुट्टाले साथ छोडेको थाहै भएन।

एक दिशाबाट मात्र हैन गोलो नै खनियो चारैतिरबाट
यति कमजोर भएछु कि हात उठाउन सक्दिन म

न त सुनिदिने कोही भेट्छु
न त बुझिदिने नै

आलोचना र अपमानले मित्र बनाएछ अब।
खुलेर रुन पनि खुला ठाॅउ कॅहा छ?

बिन्ती भनिदिनुहोस् म रुन चाहन्छु
मेरो रिस, मोह, माया र अन्य अनुभुतिहरु
जिवित बनाएर पुर्न चाहन्छु

यस्तो कुनै ठाॅउ छ?

ठेकी भरी भएर पोखिएछ दही अन्जानमा
मेरै मनको भावना पोखियो यो सामाजिक सञ्जालमा।

No comments:

Post a Comment

Ain't Both the Same?

What is with the words son and daughter The words brother and sister Ain't the responsibilities same? Ain't both the same? Can...